ताजा खबर

काठमाडौंको यौनबजारमा विदेशी यौनकर्मी, क्यासिनो र डिस्को यौनकर्मीको अखडा





अब काठमाडौंको यौनबजार नेपाली युवतीको मात्रै वर्चश्वमा रहेन । भारतीयसँगै, चिनियाँ, रसियन र केन्याली यौनकर्मी समेत प्रशस्तै भेटिन्छन अहिले नेपाली यौनबजारमा ।  काठमाडौंको क्यासिनो, पब, बार, डिस्को जताततै विदेशी यौनकर्मीको उपस्थिती रहेको पाइयो ।
यीमध्ये कोही होटललाई अखडा बनाएर बसेका छन त कोही फ्ल्याट नै भाडामा लिएर । काठमाडौंमा कस्तो छ त विदेशी यौनकर्मीको जालो ?
ठमेल क्षेत्रमा पैसा तिरेर यौनको प्यास बुझाउने ग्राहकमाझ आउने यस्ता प्रस्ताव सामान्य नै हो । काठमाडौंका यौन बजारमा सुनिने ‘आइटम’ शब्द प्रायः स्थानीय यौनकर्मी चिनाउने चल्तीको ‘कोडवर्ड’ हो ।

काठमाडौंको यौन बजारको दृष्य बदलीसकेछ । यहाँ नेपाली मात्रै हैन विदेशी यौनकर्मीको संख्या पनि उल्लेख्य छ ।

केन्याबाट पर्यटकका रूपमा नेपाल आएकी सरिफा । जो यहाँ ‘कल गर्ल’को रुपमा सक्रिय थीन ।
कालो वर्ण र लट्टा परेको कपाल । हरियो वानपिस, घाँटीमा गोलो लकेट र कानमा लामो झुम्का ।
शुक्रबार साँझ ८ वजे एक अफ्रिकी मुलकी युवती हिमालयन ट्राभलर्स इन मुनी रहेको रेष्टुरेण्टमा आइपुगिन । अनुमान गरे पक्कै उनी सरिफा हुन ।
हात उठाएर आफु बसेको टेबलतिर इसारा गरें । उनी मुसुक्क मुस्कुराउँदै आइन ।
‘हाइ, आई एम सरिफा’
‘नाइस टु मिट यु सरिफा, आई एम अनिल’
वेटर टेबल नजिकै आइपुगे । उनले ‘चिकेन विङ्स’ अर्डर गरिन । संवाद जारी रह्यो ।
‘डु यु लाइक ब्ल्याक गर्ल ?,’
उनले सिधै प्रस्ताव गरिन ।
‘अफ कोर्स !’
‘छिटो गरौं है, कोठामा साथी एक्लै छ, बोर मान्छ,’ उनले अलि हतारिएझै गरिन । हातमा १० हजार रुपैयाँ थमाएपछि भने उनी थप गफिन तयार भइन ।

रेष्टुरेण्टभित्र विदेशी युवा–युवती नाचगानमा मस्त थिए । नाच्नेको भीडमा थीन सरिफा र अर्की एक विदेशी युवती । उनीहरू पाटर्नर परिवर्तन गर्दै नाच्थे ।

‘मेरो शरीरलाई यस्तो आकर्षक बनाइराख्न धेरै खर्च हुन्छ । यस्तो लुक्सका लागि मलाई बडी सावर, परफ्युम, हेयर, नेल्स र मेकअप गर्नुपर्छ ।’

ठेगाना तिब्बत, ल्हासा बताउने सुसेनले रेट बताइन ५ सय डलर । सरिफाकै माध्यमबाट सुसेनसम्म पुगियो । यी दुबैको परिचय काठमाडौंमै भएको रहेछ ।

उनी खुल्दै गइन्, ‘म एक रातको पाँचसय डलर लिन्छु । हतार गर्दिन, रातभर रमाइलो गरौंला । आखिर तिमीलाई पनि म मनप¥यो, मलाई पनि तिमी ।’

नेपाली यौन बजारमा फाट्टफुट्ट विदेशी यौनकर्मी नभेटिने हैनन । २०६६ मा महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलको हिमालयन जाभा रेष्टुरेण्ट पछाडीको तीनतले घरमा छापा मार्दा पूरै घरै भाडामा लिएर यौन व्यवसाय चलाएका १४ चिनियाँ युवती पक्राउ परेका थिए । त्यसयता भने विदेशी यौनकर्मी पक्राउ परेका छैनन ।

पक्राउ नपरे पनि उनीहरुको उपस्थिती भने बाक्लो देखियो काठमाडौंमा । यहाँ चिनियाँ मात्रै हैन, भारतीयसँगै केन्याली, रसियन, कोरियन र थाइ युवतीहरू कर्लगर्लको रूपमा सक्रिय देखिए ।

नेपालमा सक्रिय विदेशी यौनकर्मी अधिकांश होटलमा बस्ने गरेका छन । रसियन लगायतका भने फ्ल्याट लिएरै बसेका छन । यीनले ग्राहकको खोजीका लागि क्यासिनो, पब, क्लवको उपयोग गर्छन । लामो समय यतै बसेकाहरुले एजेन्ट समेत परिचालन गरेको देखियो ।

अधिकांश विदेशी यौनकर्मीको मिट प्वाइन्ट ठमेल, दरवारमार्ग  नै हो । ग्राहकको डिमान्ड अनुसार उनीहरू उपत्यका बाहिर समेत जाने गरेको पाइएको छ ।

ठमेल आसपासको क्षेत्र मा विदेशी यौनकर्मी सक्रिय रहेको सूचना आउने गरेको प्रहरि श्रोत्ता  ले बताउछ । तर प्रमाण र उजुरी नहुँदा कारवाही गर्न नसकिएको उनको स्विकारोक्ति छ ।

‘रसियन, भारतीय, चिनियाँ युवतीहरु नेपाल आएर यौन धन्दामा सक्रिय छन  भने, ‘ बाटोमा हिडिरहेका या डिस्कोमा नाचिरहेका विदेशी युवायुवतीलाई शंका लागेकै भरमा थुन्नु त भएन । प्रमाण भेट्न मुस्किल भएकाले केही गर्न सकिएको छैन ।’
०००

यौनकर्मीको रुपमा सक्रिय विदेशी युवतीहरू अधिकांश पर्यटन भिसामा नेपाल आउने र विभिन्न बहानामा भिसा बढाएर बस्ने गरेको खुल्यो ।
सरिफाका अनुसार उनी नेपाल आएको २ साता भयो । उनी काठमाडौं आएदेखि नै ठमेलको एक गेष्ट हाउसमा बस्दै आएकी छिन । सुसेनको भिसा सकिँदै छ । उनी दुबई गएर २ साता पछि पुनः पर्यटक भिसामा नेपाल आउने योजनामा छिन ।

सरिफाको दाबी अनुसार उनी घर फर्कने पैसा जोहो गर्न यौनधन्दामा लागेकी हुन । काठमाडौं घुम्नकै लागि आएको र यहाँ बस्दा विदेशी युवती भनेपछि यहाँका युवाहरू हुरुक्क हुने बानी देखेर आफु स्वेच्छाले ‘कर्ल गर्ल’ बनेको उनले बताइन ।
‘यहाँ म जस्ता थुप्रै छन्,’ उनले भनिन , ‘नेपालीहरु विदेशी नागरिक सबैलाई पर्यटक ठान्छन । तर यहाँ आउने सबै पर्यटक होइनन्, उनीहरूका आ–आफ्नै बिजनेस छन ।’

सरिफाका अनुसार विदेशी युवतीका अधिकांश ग्राहक नेपाल घुम्न आउने विदेशी पर्यटक नै हुन । विदेशी युवासँग सम्पर्क गर्न र बस्न समेत सहज हुने उनले अनुभव सुनाइन ।

‘विदेशी पुरुषसँग बस्दा उनीहरु सँगै आएका साथी या जोडी जस्तो लाग्छन । शंका पनि हुन्न,’ उनले भनिन ‘भेट यतै क्लबमा भएको हुन्छ ।’

सरिफासँगको कुराकानीबाट थाहा भयो–धेरैजसो ग्राहकको सम्पर्क दलालमार्फत हुने रहेछ । पछिल्लो समय नेपालका धनाढ्यहरू आफ्नो ग्राहक बनेको उनले सुनाइन ।

‘मेरो विश्वासिलो मान्छेको नाम लिएर कल गर्यो भने मात्र म पत्याउँछु,’ उनले भनिन्, ‘म बसेको होटलमा गेष्ट लान मिल्दैन । ग्राहकले नै भरपर्दो ठाउँ व्यवस्था गरेर बोलाउँछन्, म त्यँही जान्छु ।’

सुसेन तीन महिनाको ‘भिजिट भिसा’मा नेपाल आएकी हुन । उनले आफु सकेसम्म नेपालीसँग कुराकानी समेत नगर्ने र विदेशी नागरिक भएमात्रै तयार हुने बताइन ।

‘सरिफाले भनेकाले मात्रै तिमीलाई विश्वास गरेको हुँ । नत्र म नेपालीसँग त्यति सम्पर्क गर्दिन,’ उनले भनिन ‘सिभिल ड्रेसमा प्रहरी हिड्ने भएकाले नेपालीहरुसँग कुरा गर्न डर लाग्छ ।’

विदेशी यौनकर्मीको जालो थाहा पाउन सरिफासँगको तीन दिनको भेटमा सरिफासँगै आएकी अर्की केन्याली कलगर्ल रिहानासँग समेत भेट भयो ।

ठमेलको क्लबमा ग्राहक खोज्न आइरहने एकजना चिनियाँ युवतीलाई सरिफाले साथी बनाएकी रहिछन । सरिफाको माध्यमबाट ती युवतीसँग पनि भेट भयो ।

एकपल्टको १० हजार रुपैयाँ नेपाली लिन्छिन । नेपालीले पैसा दिँदैनन भनेर सम्पर्क राख्न डराउँछिन ।

को पर्यटक, को यौनकर्मी ?

ठमेलमा यौनकर्मी खोजिरहेका अधिकांश ग्राहकहरू भन्छन्– ‘विदेशी यौनकर्मी भेट्न एकदमै गाह्रो छ ।’ ठमेलको पर्पल हेजमा भेटिएका आफूलाई सुसान्त बताउने युवक भन्दै थिए, ‘विदेशी आइटमसँग रमाइलो गर्ने चाहना छ । यहाँ पाइन्छन भन्ने पनि सुनेको छु । तर यहाँ को पर्यटक, को यौनकर्मी ? कसरी चिन्ने ।’

त्यसो त सरिफा, सुसेन, डङ्मी सबै पर्यटक भिसामा यहाँ आएका हुन । सरिफा भन्छिन्, ‘म पर्यटक हुँ, मेरो भिसा यसको प्रमाण हो ।’ तर पर्यटन त बहाना न थियो, खासमा त उनी यहाँ यौनकर्मी हुन जुन उनको कामले प्रष्ट पारिसकेको थियो ।
‘रसियनहरु धेरैजसो क्यासिनोमा भेटिन्छन्, मेरो साथी काठमाडौंको क्यासिनोमा काम गर्छ । उसैले रसियन युवतीसँग सम्पर्क गराइदिएको हो ।’ एक युबक ले बताए

उनका अनुसार रसियन युवतीले उनलाई ललितपुरमा रहेको एक घरमा लगेका थिए । रेट १५ हजार रुपैयाँ थियो ।
 राठौरका अनुसार ‘धेरैजसो रसियन युवतीहरूको टार्गेट क्यासिनो हुन्छ । उनीहरु त्यताबाट ग्राहक लिएर आफ्नै फ्ल्याट र अपार्टमेन्टमा जान्छन ।

मोडलिङ गराइदिने बहानामा भारतीय युवतीहरुलाई नेपाल ल्याएर यौनधन्दामा लगाउने गरेको समेत  छ ।
अधिकांश विदेशी यौनकर्मी नेपाली रुचाउँदैनन ।  विदेशी यौनकर्मीहरूले आफ्नो परिचय खुल्ने र प्रहरीले पक्राउ गर्ने डर र  मागे अनुसारको पैसा दिन राजी भए पनि पछि पैसा नदी हिड्ने भएकाले विश्वसनिय च्यानलमार्फत आएका बाहेकको नेपालीसँग नजाने बताए ।

नेपालीहरुसँग डराएपनि विदेशीहरुसँग भने उनीहरु खुलेर कुरा गर्छन र राजी पनि हुन्छन । ‘उनीहरू त यहाँ घुम्न र रमाइलो गर्न नै आएका हुन नि, त्यसैले उनीहरु हामीलाई खोजिरहेकै हुन्छन्,’ सरिफाले भनिन ।

धेरैजसो रसियन युवतीको टार्गेट क्यासिनो हुन्छ । उनीहरू त्यताबाट ग्राहक लिएर आफ्नै फ्ल्याट र अपार्टमेन्ट लान्छन । कतिपयले डिस्को र बारमा पुगेर ग्राहक खोज्छन  ।

No comments