ताजा खबर

लुकेर काम गर्नेलाई मलेसिया सरकारको चेतावनी आत्मसमर्पण गर कि जेल जाउ



एउटा साधारण नेपाली जनताको छोरो आफ्नो देश मा बेरोज्गार हुन्छ । आफ्नो परिवार को जिम्मेवारी को भारी बोकेर आखा मा टिलिपिली आसु झार्दै बिदेशी भुमी मा काम गरेर २-४ पैसा कमाउने र आफ्नो र आफ्नो परिवार को जिवन उकास्ने सपना लिएर जान्छ । तर चोर तथा धुर्त आफ्नै नेपाली दाजु भाई अरुले ढाटेर छलेर उस्लाई धोका दिन्छ र भने बमोजिम काम तथा तलब पाउदैन उसले बिदेश जादा लागेको रिन तिर्न भनेर उ बाध्य भएर भागेर अर्को ठाउमा गएर काम गर्न जान्छ । तर सोझा साझा नेपाली हरुको दुख को दिन कतै गए पनि सकिने आसा देखिन्न । देश मर्न लागेका ८४ गरी सकेका बुढा हरुले चलाउने अनि २०-२२ को युबा हरुलाई देश बाट खाडी मा लखेट्ने । यो देश को नियम नै भैसकेको छ । मलेसिया मा काम गर्न जाने नेपाली लाई अहिले यस्तै सास्ती परिरहेको छ । 


केहि दिन्यता देखी मलेसिया मा लुकेर बसेका काम्दार हरु लाई मलेसिया प्रहरी ले धरपकड गरेको र जेल हालेको कुरा सुनिदै आएको छ । लुकेर काम गर्नु अबैधानिक भए पनि बिभिन्न कारण हरुले गर्दा कामदार हरु लुकेर काम गरेको कुरा चाही सत्य हो । कुनै पनि देश ले लुकेर काम गर्ने अनुमती त दिदैन तर बाद्यता ले गर्दा धेरै देश मा नेपाली कामदार हरुले पनि लुकेर काम गरी नै रहेका छन । यसै प्रसँग मा मलेसिया सरकार ले आफ्नो देशमा रहेका अवैधानिक आप्रवासी कामदारहरुलाई चेतावनी दिएको छ ।
मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई जेल सजाय र जरिवानाबाट जोगिन प्रशासनसमक्ष आत्मसमर्पण गर्न आग्रह गरेको छ । मलेसियाली अध्यागमन विभागका महानिर्देशक मुस्ताफर अलीले जेल सजाय ब्यहोर्न र जरिवानाबापत बढी रकम तिर्नबाट जोगिन अबिलम्ब प्रशासनसमक्ष उपस्थित भई स्वदेश फर्कन अवैधानिक आप्रवासी कामदारलाई आग्रह गरेका हुन् ।
यही जुलाई १ देखि त्यस्ता कामदारविरुद्ध सुरु गरेको धरपकड अभियान जारी छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गत एक सातायता करिब २ हजारभन्दा बढी त्यस्ता कामदारहरु र ४६ जना रोजगारदाताहरु पक्राउ परिसकेका छन् । तीमध्ये सयजनाभन्दा बढी नेपाली छन् । गतवर्ष सञ्चालित ‘रिहाईरिङ’ कार्यक्रममा दर्ता नभएका एवं यसैवर्ष फेब्रुअरी १५ देखि जुन ३० सम्म दिइएको दर्ता कार्यक्रममा पनि सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुको देशव्यापी खोजी भइरहेको छ । 
सरकारी अधिकारीहरुले ठूला ठूला सपीङ मलदेखि आप्रवासी कामदार लुकेर बसेका हुनसक्ने सम्भावित ग्रामीण भेगका कयौं स्थानहरुमा खोजतलास जारी राखिएको जनाएका छन् ।

सरकारी निकाय निकम्मा, सबै दलालकै हातमा 
मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई प्रशासनसमक्ष उपस्थित भएर घर फिर्न आग्रह गरिएको भए पनि अधिकांश दलालको सहारामा स्वदेश फर्कने गरेका छन् । मलेसियाले धरपकड अभियानसँगै घरफिर्तीका लागि प्रशासनमा आफैं उपस्थित हुन र गल्ती स्वीकार गरी आउटपास लिएर स्वदेश फिर्न सक्ने अवसर पनि दिएको छ । तर आफैं प्रशासनमा जाँदा पक्रा
नेपाली दूतावासले घर फर्कने अवैधानिक नेपालीका लागि यात्रा अनुमतिपत्र जारी गर्ने गरेको छ । त्यस्तो पत्रबापत १६० रिंगिट शुल्क तिर्नुपर्दछ । उक्त पत्र लिएर त्यस्ता कामदार मलेसियाली अध्यागमन विभागमा आफैं उपस्थित हुनुपर्ने र आउटपास एवं जरिवानाबापत ४ सय रिंगिट शुल्क तिर्नुपर्ने प्रक्रिया छ । त्यसपछि हवाई टिकट लिएर कामदार स्वदेश फर्कन सक्छन् । 
तर, दूतावासले त्यस्ता कामदारलाई अध्यागमन विभागसम्म पुर्‍याउने व्यवस्था नमिलाउँदा उनीहरु दलाललाई बढी रकम तिरेर घर फिर्नुपर्ने बाध्यता छ । विचौलियाहरुले अध्यागमन कार्यक्रम पुर्‍याई आउटपास प्राप्त गरेपछि घर फर्काइदिएबापत त्यस्ता कामदारसँग प्रतिव्यक्ति २ सय रिंगिटदेखि ८ सय रिंगिटसम्म असुल्ने गरेको पाइएको छ । ‘दुतावासले यात्रा अनुमतिपत्र मात्र दियो तर अध्यागमनमा आफैं जाउ भन्यो ।’ घर फर्कन दलालको सहारा लिएका एक नेपालीले भने ‘तर पक्रिने पो हो कि भन्ने डर लाग्यो अनि चिनेजानेको साथीभाइको सहयोगमा एकजना नेपाली एजेन्टमार्फत पुत्राजया (अध्यागमन)मा पुगेर सबै काम मिलाएर आएँ ।’
आफूले ती एजेन्टलाई अध्यागमनमा लाग्ने शुल्क, हवाई टिकटबापत (यात्राअनुमति पत्रको लाग्ने शुल्कबाहेक) २७ सय रिंगिट नगद दिएको र उक्त शुल्कभित्रै ती एजेन्टले ३ दिन होटलमा खाने बस्ने व्यवस्था मिलाएको उनले बताए ।
 
पछिल्लो वर्ष मलेसिया आउने नेपालीहरुको कमीसँगै मलेसियाबाट फर्कने नेपालीको संख्या बढेको अनुमान छ । यसरी फर्कने अधिकांश नेपाली विचौलियाकै सहारामा फर्केका हुन् । यसरी नेपालीहरु घर फर्काउने ‘धन्दा’मा सामेल हुने विचौलियाहरुको संख्या पनि पछिल्लो समय बढेको छ । यात्रा अनुमति पत्र लिन दूतावास पुग्ने नेपालीहरु विचौलियाको निशानामा पर्ने गरेका छन् । विचौलियाको सहारामा बढी रकम तिरेर हजारौं नेपाली स्वदेश फिरिसकेका छन् ।
 
दूतावासले आफ्नै पहलमा घर फर्कन चाहने अवैधानिक कामदारलाई अध्यागमनसम्म पुर्‍याउने व्यवस्था नमिलाउँदा विगत डेढ वर्षयता विचौलियाहरुको रँजाई भएको एक नेपालीले बताए । ‘एजेन्टहरु घर फर्कन दूतावास पुगेका नेपालीहरुलाई बार्गेनिङ गरेर आफ्नो पक्षमा पार्नमा हानाथाप गर्छन् ।’ एकजना नेपाली श्रमिक भन्छन्, ‘कमजोरी दूतावासकै हो । दूतावासले व्यवस्था मिलाएको भए एजेन्टसँग कसले सहारा लिन्थ्यो र ? अहिले एजेन्टकै रँजाई छ ।’

No comments