ताजा खबर

चलचित्र ‘छक्का पन्जा २’ को आक्रामक ओपनिङ, मल्टिप्लेक्समा अहिले सम्मकै उच्च २६ शो


वुधबारदेखि रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’ले आक्रामक ओपनिङ गर्ने देखिएको छ । यो चलचित्रलाइ काठमाण्डौका मल्टिप्लेक्सले अहिले सम्मकै उच्च शो दिएका छन् । क्यूएफएक्सले मात्र यो चलचित्रलाइ ४ वटा हलमा २६ शो दिएको छ ।
काठमाण्डौको कुमारी, सिभिल र ललितपुरको लबिम मलमा चलचित्रले पाएको सबै शोमा वुकिङ आक्रामक देखिएको छ । यी तिन वटै हलमा चलचित्र रिलिज अगाडि नै पहिलो दिनको सबै शो सोल्ड आउट हुने पक्कापक्की नै छ ।
यता, काठमाण्डौको जय नेपाल हलमा पनि पहिलो दिनको वुकिङ उच्च देखिएको छ । यी बाहेक एफक्यूव, वीग मुभिज, बीएसआरले पनि चलचित्रलाइ उच्च शो दिएका छन् । ती, सबै शोमा दर्शकलाइ पहिलो दिनको टिकट पाउन मुश्किल पर्ने देखिएको छ ।
काठमाण्डौ बाहिरका मल्टिप्लेक्समा पनि वुकिङ खुलेसँगै आक्रामक रुपमा टिकट विक्री भएको देखिएको छ । दशैमा काठमाण्डौ बाहिर चलचित्रले राम्रो व्यापार गर्छन् । तर, कमेडी शैलीमा गहन बिषयलाइ उठान गरेको चलचित्र ‘छक्का पन्जा २’ले काठमाण्डौ र मोफसल दुबै स्थानमा आक्रामक कमाइ गर्ने देखिएको छ ।
चलचित्र ‘छक्का पन्जा’को ओपनिङ आक्रामक थिएन । तर, ‘छक्का पन्जा २’को बुकिङको गतीलाइ हेर्ने हो भने धेरै रेकर्ड तोडिने अनुमान सहजै लगाउन सकिन्छ ।
दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।
(अनलाइन खबरबाट साभार )

No comments