ताजा खबर

साउदीमा मालिकले यौन शोषण गर्यो, घर फर्कदा छोरा भन्छ ‘आमा तिमी नै खराब हौ’

साउदीमा मालिकले यौन शोषण गर्यो, घर फर्केर आउँदा छोरा भन्छ ‘आमा तिमी नै खराब हौ’काँइली (नाम परिवर्तन)लाई हिजोआज छोराले ‘आमा तिमी खराब हौ’ भन्छन् । १० नातीनातिनीकी हजुरआमा आफ्नै छोराले यस्तो वचन लगाउँदा सुनसरीकी काँइलीको मन चसक्क हुन्छ ।
५२ वर्षकी काँइलीलाई विदेशबाट फर्केपछि श्रीमान् र छोराले गर्ने व्यवहारले मरेको जुनी भए झैं लाग्छ । उनलाई ४ वर्षसम्म तिनै छोराछोरी र श्रीमानका लागि सहेका दुःख याद आइरहन्छ ।
उनले साउदीमा घर मालिकको पिटाइ र नमिठो वचन सहनु पर्‍यो । घर फर्किएपछि पनि विदेशमा बिग्रिएर आइस् भन्दै श्रीमानको पिटाइ र नानाथरिका गाली सहनु परिरहेको छ ।
२०६९ सालमा भारतको बाटो हुँदै उनी साउदी पुगेकी थिइन् । साउदीमा काँइलीले नारकीय जीवन बिताउनु पर्‍यो । विदेश जानु अघि सडक बनाउने सहयोगीको काम गरेर उनले जेनतेन बिहान बेलुकीको छाक टार्थिन । गाउँकै चिनजानका दलालले विदेशमा हुने कमाइले गरिबी हट्ने लोभ देखाएपछि उनी साउदी गएकी थिइन् ।
काम गर्ने घरका सबैले पालैपालो पिट्थे
काँइलीका लागि साउदी अरब दलालले भने जस्तो भएन् । उनले भाषा बुझिनन् । काम गर्न पनि जानिनन् । काम गर्न नजान्दा घर मालिकले उनलाई पशु झैं व्यवहार गरे । घरेलु काम गर्ने उनलाई मालिककले मन लागेको व्यवहार गरे । काम गर्ने घरमा रुने छुट थिएन । ‘जति रोयो उति नै कुट्थे, मार्छु भनेर बन्दुक देखाउँथे,’ साहुले गरेका व्यवहार बताउँदा काँइलीका गहभरी आँसु भए । उनलाई ४ वर्ष सहेका दुःख शब्दमा उतार्न गाह्रो भैरहेको थियो ।
साहुले मात्र हैन परिवारका सबैजनाले पालैपालो पिट्थे । त्यतिबेलाको पिटाइ उनको पिठ्युँमा दाग बनेर बसेका छन् । पिठ्युँको दाग देखाउँदै काँइलीले भनिन्, कहिले त लुगा फुकाल्न लगाएर पनि पिट्थे । घर मालिकले पशुलाई झैं गरेका व्यवहार र पिटाइले काँइलीलाई बाँच्छु भन्ने लाग्न छाडेको थियो ।
कामको मेसो नपाउँदा साहुनीले उनलाई कुकुर्नी भन्दै गाली गर्थिन् । साहुनीले गर्ने व्यवहार पनि त्यो भन्दा फरक थिएन् । ‘उनीहरुले खाएर बचेको जुठो भात दिन्थे, त्यो पनि पेटभरि खान पनि पाइन,’ काँइलीले सुनाइन् । उनलाई घर बाहिर निस्कन दिँइदैनथ्यो । उनले देखेको साउदी भनेको साहुको दुई तलाको घर मात्र हो ।
परदेशमा साहुका छोरीहरुकी आमा
कखरा पनि नचिन्ने काइलीलाई परदेशमा भाषा सिक्न, काम जान्न धेरै समय लाग्यो । एउटा घरभित्र उनले अनेकौं मान्छे देखिन् । एउटै गिलास साहुनीले १० पटकसम्म माझ्न लगाइन् । काँइलीका हातमा सिसाले काटेको दाग प्रष्टै देखिन्छन् । उनले भनिन्, भाँडा माझ्न नजान्दा हातमा कुट्थे ।
घरको काम देखि दुई छोरीको स्याहार उनकै काँधमा थियो । उनी साउदी पुग्दा घर मालिकका जुम्ल्याहा छोरीहरु १५ दिनका थिए । बोल्न थाले पछि उनीहरुले काँइलीलाई आमा भन्थे । काखे छोरो छाडेर विदेश गएकी काँइली साहुका छोरीहरु देख्दा आफ्नै छोरो सम्झेर रुन्थिन् ।
परदेशमा साहुका छोरीहरुकी आमा काँइली साहुसाहुनीको चाहिँ प्यारी हुन सकिनन् । काम जान्न थालेपछि पनि उनले कुटाइ र गाली सहनु पर्‍यो । काँइलीलाई अहिले लाग्छ, ‘विदेशमा हामीलाई कुट्न नै लैजान्छन् कि के हो ।’
४६ वर्षमा विदेश गएकी काँइलीको उमेर ढल्कदै थियो । त्यसमाथि ६ जना छोराछोरीकी आमा उनको ज्यान दरो थिएन् । पानीमा रुझ्दा पनि बिरामी पर्ने उनी पेटभरी खान नपाएरै बिरामी पर्न थालिन् । उपचार र आराम नपाएपछि काँइली सिकिस्तै भइन् ।
काम गर्न नसकेपछि साहुले सडकमा छाडेर हिँडे
कामै गर्न नसक्ने भएपछि अब उनको के काम थियो र । साहुले उनलाई रियादमा रहेको नेपाली दूतावास नजिकै बिच सडकमा छाडिदिए । ‘अस्पताल हिँड भनेर साहुले अन्तै लगे, रोडमा छाडेर फर्किए,’ यति सुनाउँदा काँइलीका आँखा आँशुले भरिए ।
१० लाखमा किनेर ल्याएको भन्दै गाली गर्ने साहुले उनलाई चारवर्ष बिना तलव काममा लगाए । काम गर्न नसक्ने भएपछि सडकमा फालेर साहु फर्किए । उनी जुरुक्क उठेर हिँड्न पनि सक्ने अवस्थामा थिइनन् । पेटमा अन्न नपरेको १० दिन भैसकेको थियो ।
रोइरहेकी काँइलीलाई सडक बनाउने काममा खटिएका नेपालीले दूतावाससम्म पुर्‍याए । त्यतिबेला उनको स्वास्थ्य अवस्था एकदमै नजुक भैसकेको थियो । ‘अस्पताल जान २० मिनेट ढिलो भएको भए म नबाँच्ने रहेछु,’ काँइलीले त्यो बेलाको आफ्नो अवस्थाको बारेमा प्रष्ट्याइन् । उनलाई त्यो कुरा डाक्टरले बताएका थिए ।
उनी ९ महिनामा मात्रै निको भइन् । २०७३ साल असारमा नेपाली दूतावासले उनलाई नेपाल पठायो । दुईचार पैसा कमाउने, घरबार जोड्ने आशाले परदेश गएकी काँइलीको झण्डै उतै ज्यान गयो । त्यसरी मृत्युलाई जितेर घर फर्किए पनि उनलाई कहाँ राम्रो भयो र !
आफन्तले त बिग्रेको भने, छोरा र श्रीमानले पनि छाडेनन्
छोराले उनलाई बिग्रेकी भने । अनि श्रीमानले साहुले कुटेर थलिएको शरीरमा कुटाइ थपे । बिग्रिएर आएकै आरोप लगाए । उनलाई घर फर्किपछि पाएको यातनाले बाँचेर आएछु भनेर पछुतो लाग्छ । उनी घर फर्कदा छोराछोरीको बिचल्ली थियो ।
१४ वर्षको छोरीको बिहे भैसकेको थियो । काखे छोरोको गाँसबासको ठेगान थिएन । उनको श्रीमान् दिनभरी सडक बनाउने काम गर्थे । साँझ उतै बस्थे । घर पनि बेचिसकेकाले बस्ने ठाउँ थिएन ।
विदेशको सपनाले उनको यथार्थ लुटियो । सग्लाे ज्यान पनि ४ वर्षको पिटाइले थिलथिलो भएकोे छ । अब उनले पहिले गर्ने काम पनि गर्न नसक्ने भएकी छिन् । कमाउन गएकी काँइली बाँचेर त फर्किइन, तर साथमा पैसा हैन जीवनभरी नमेटिने चोट र आरोप लिएर । परदेशमा पाएको पीडा माथि आफन्त र समाजले लगाएका आरोपले उनको मन झनै कुँडिन्छ ।
हिजोआज उनी मेलापात पनि गर्न सक्दिनन् । केही गह्रौं काम गर्‍यो कि बिरामी पर्छिन् । आम्दानीको स्रोत पनि केही छैन । श्रीमानले कमाएको रक्सी पिएरै सक्छन् । सडकमै बस्ने श्रीमान् घर आए पनि उनले पिटाइ सहनुपर्छ ।
विदेशबाट फर्किएको एक वर्षमा उनले टाउको लुकाउने घर बनाएकी छन् । सानै उमेरमा बिहे गरेकी छोरीलाई फर्काएर आफैंसित राखेकी छिन् । छरिएको परिवारलाई त जोडिन काँइलीले । तर आफैले जन्माएको छोरा र श्रीमानले लगाउने आरोपले काँइलीको मन भने टुक्रिएको छ ।काँइली (नाम परिवर्तन)लाई हिजोआज छोराले ‘आमा तिमी खराब हौ’ भन्छन् । १० नातीनातिनीकी हजुरआमा आफ्नै छोराले यस्तो वचन लगाउँदा सुनसरीकी काँइलीको मन चसक्क हुन्छ ।

विदेशबाट फर्किएको एक वर्षमा उनले टाउको लुकाउने घर बनाएकी छन् । सानै उमेरमा बिहे गरेकी छोरीलाई फर्काएर आफैंसित राखेकी छिन् । छरिएको परिवारलाई त जोडिन काँइलीले । तर आफैले जन्माएको छोरा र श्रीमानले लगाउने आरोपले काँइलीको मन भने टुक्रिएको छ ।
Source:lamanewsupdate

No comments