ताजा खबर

आमा बन्दै छिन नायिका नीशा अधिकारी

नायिका नीशा अधिकारीका फ्यानहरुलाई खुसीको खबर छ । २०१८ को सुरुवातसँगै नायिका नीशाले आफ्ना फ्यानमाझ खुसीको खबर साटेकी छिन् । के हो त्यस्तो खुसीको खबर ? नेपाली क्रिकेट टोलीका चर्चित खेलाडी शरद भेषवाकरसँग यसै वर्ष लगनगाँठो कसेकी नीशा आमा बन्दैछिन् ।
नीशाले यो खुलासा सोमवार आफ्नो आधिकारीक फेसबुकमा तश्विर र स्टाटस लेख्दै गरेकी हुन् । उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् ।
उनको स्टाटसमा बैंकर अनिलकेशरी शाह, स्क्रिप्ट राईटर शान बस्नेत, नायक मुकेश आचार्य, निर्देशक प्रशन्न पौडेलसँगै उनका फ्यान र शुभचिन्तकले पनि बधाइको ओइरो लगाएका छन् ।
यसरी आफू गर्भवती भएको भनेर तश्विर शेयर विशेषगरि हलिउड र बलिउडका सेलिब्रेटीले मात्र गरेको देखिन्छ । निर्मात्री तथा अभिनेत्री अधिकारीले पनि यही ट्रेन्डलाई पछ्याउने काम गरेकी छिन् ।
हाल अमेरिकामा रहेकी नीशाले मंसिर १ गते प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’ निर्माण गरेकी थिइन् ।

No comments