ताजा खबर

नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने तयारीमा


नेपाली नायिका स्वेता खड्का लाई नचिन्ने को होला र । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको निधन भए पछी तिन वर्ष सम्म हराएकी स्वेता खड्का नेपाली रजतपटमा पुन नयाँ चलचित्र कान्छी लिएर आउने तयारिमा छिन । उनै अभिनेत्री स्वेता खड्का विवाह गर्ने सोचमा पुगेको बताइन थालेको छ । स्वेतालाई अहिले घर परिवार तथा साथीभाइबाट फेरी विवाह गर्नका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा उनी पुगेको बुझिएको छ ।। शालिन र निकै सफा मन भएका अभिनेता श्रीसँग विवाह भएको एक महिना पनि वित्न नपाउँदै सिउँदोको सिन्दुर पुस्न विवस भएकी खड्का अहिले आफ्नो एक्लोपनलाई पूर्णविराम लगाउने मनस्थितिमा पुगेकी हुन् ।

हेर्नुस भिडियोमा


विवाह गरेको महिना दिन पनि नबित्दै नायक श्रीकृष्ण श्रेष्ठको असमाहिक निधनले नेपाली सिनेमा जगत त मर्माहत भयो भयो उता श्वेताले भने जुनी जुनीसँगै जिउने भनेर सात फेरो लगाएका पति नै गुमाएकी थिइन् ।

शालिन र निकै सफा मनकी स्वेता खड्कालाई एक्लो जिबन बिताउन गाह्रो हुने भन्दै चौतर्फी दबाब आउनु स्वभाविक पनि थियो । यद्यपि खड्काले दोस्रो विवाह आफ्नो प्राथमिकतामा नरहेको जबाफ दिँदै उम्कने गरेकी छिन् । अर्को विवाहको विषयमा दर्शकको चाहनाअनुसार अघि बढ्ने उनको भनाइ छ । अभिनेत्री खड्काले श्रीको निधनपछि अभिनय गरेको तथा निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ बाट देशभर प्रदर्शनमा आउँदैछ ।

No comments